२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राष्ट्रिय सद्भावना पार्टी कांग्रेसमा औपचारिक रूपमा समाहित

Nada
२०८३ जेठ १७ गते १५:२४
Shares
राष्ट्रिय सद्भावना पार्टी कांग्रेसमा औपचारिक रूपमा समाहित

काठमाडौँ : राष्ट्रिय सद्भावना पार्टी अब नेपाली कांग्रेसमा औपचारिक रूपमा समाहित भएको छ । आइतबार पार्टी समायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि सो एकीकरण प्रक्रिया टुंगिएको हो ।

ncell

काठमाडौँको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त अवसरमा पार्टी एकीकरणसम्बन्धी औपचारिक घोषणा समेत गरिएको हो ।

सम्झौतामा गगन थापा र राष्ट्रिय सद्भावना पार्टीका अध्यक्ष अनिल झा बीच हस्ताक्षर भएको हो । अनिल झा यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट-१ बाट नेपाली कांग्रेसको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । समायोजनपछि सद्भावना पार्टीका संगठनात्मक संरचना र कार्यकर्ताहरू कांग्रेसको मूल संरचनामा समाहित हुने सहमति भएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर