२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रधानमन्त्रीलाई एमालेले भन्यो- राष्ट्रघाती अभिव्यक्तिबारे संसद्‍बाट माफी मागियोस्

Nada
२०८३ जेठ १८ गते १४:५८
Shares
प्रधानमन्त्रीलाई एमालेले भन्यो- राष्ट्रघाती अभिव्यक्तिबारे संसद्‍बाट माफी मागियोस्

काठमाडौं : प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि  दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा माफी माग्नुपर्ने माग गरेको छ । 

ncell

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग गरेका हुन् । प्रमुख सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि दबाब दिए ।

उनले नेपालले कुनैपनि मुलुकको एक इन्च भूमि पनि नमिचेको दाबी गर्दै ती तथ्यहरुको हेक्का राख्न पनि प्रधानमन्त्री शाहलाई सचेत गराए । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्री साहलाई प्रमुख सचेतक महरले सचेत गराए ।

प्रमुख सचेतक महरले प्रधानमन्त्री साहलाई देशद्रोही खालको अभिव्यक्ति नदिन पनि ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर