२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समाजवादी कम्युनिस्ट पार्टी नेपालको आपत्ति

Nada
२०८३ जेठ १८ गते २१:३२
Shares
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समाजवादी कम्युनिस्ट पार्टी नेपालको आपत्ति

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

ncell

पार्टीका कार्यवाहक महासचिव अशोक सुवेदीद्वारा जारी प्रेस वक्तव्यमा उक्त अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा कूटनीतिक मर्यादाविपरीत भएको उल्लेख गरिएको छ । सीमाजस्तो संवेदनशील विषयमा कुनै आधिकारिक निकायबाट सार्वजनिक नभएको विषय प्रधानमन्त्रीबाट अभिव्यक्त हुनु दुःखद भएको पार्टीको भनाइ छ ।

वक्तव्यमा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतद्वारा भइरहेको अतिक्रमणबारे स्पष्ट धारणा राख्नुको सट्टा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै उक्त भनाइ तत्काल फिर्ता लिन र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिएको छ।

पार्टीले राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता हुन नसक्ने बताउँदै प्रधानमन्त्रीले भारतसँग गोप्य रूपमा सुपुर्दगी सन्धि गरेको, साथै राज्यद्वारा गरिएको एमसीसी र एसपीपी सम्झौताविरुद्ध पनि विरोध जनाएको छ।

समाजवादी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘देशद्रोही’ भन्दै त्यसविरुद्ध दृढ प्रतिवाद गर्न सम्पूर्ण नेपाली जनतालाई अपिल गरेको छ। साथै आगामी दिनमा थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर