
काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई दल नेतृत्वबाट हटाउने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
कांग्रेसका बहुमत सांसदहरूले उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा औपचारिक रूपमा दर्ता गराएका हुन् । स्रोतका अनुसार मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको प्रस्तावमा ९ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका कुल १८ जना सांसद रहेका छन्। तीमध्ये एक सांसद प्रकाश देउवा हाल देशबाहिर रहेको बताइएको छ । अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सभा परिसरमा काँग्रेसका बहुमत सांसदहरूको छुट्टै बैठक समेत जारी रहेको जनाइएको छ ।