२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रधानमन्त्रीले संसद्‍मा आएर माफी नमागेसम्म संसद् बैठक चल्न दिँदैनौं : पदमबहादुर परियार

Nada
२०८३ जेठ १९ गते १३:५८
Shares
प्रधानमन्त्रीले संसद्‍मा आएर माफी नमागेसम्म संसद् बैठक चल्न दिँदैनौं : पदमबहादुर परियार

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

ncell

मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले उनले संसद्‍मा आएर माफी नमागेसम्म बैठक चल्न नदिने प्रष्ट्याएका हुन् ।

प्रमुख सचेतक परियारले प्रधानमन्त्री शाह कूटनीति र राजनीतिसम्बन्धी सामान्य ज्ञान समेत नभएको कुरा पनि छताछुल्ल भएको जिकिर गरे । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कांग्रेसका लागि पनि पनि हालतमा स्वीकार्य नहुने अडान पनि दोहोर्‍याए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको महत्वलाई अनुशरण गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
प्रमुख सचेतक परियारले प्रधानमन्त्री शाहलाई विना प्रमाण सीमाजस्तो संवेदनशील विषयमा बोल्ने छुट नभएको पनि बताए । 

ताजा खबर

सम्बन्धित खबर