२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

व्यक्ति पूजाका लागि राष्ट्रिय अडान कमजोर नबनाउन राप्रपाको आग्रह

Nada
२०८३ जेठ १९ गते १६:५६
Shares
व्यक्ति पूजाका लागि राष्ट्रिय अडान कमजोर नबनाउन राप्रपाको आग्रह

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राजनीतिक नेतृत्वको बचाउ गर्ने नाममा राष्ट्रिय हित र सीमा सम्बन्धी विषयमा मुलुकको स्थापित अडान कमजोर पार्ने प्रयास हुन नहुने बताएकी छन् ।

ncell

मंगलबारको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै उनले प्रधानमन्त्रीको हालैको सीमा सम्बन्धी अभिव्यक्ति कूटनीतिक, कानुनी तथा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले त्यसलाई सामान्य टिप्पणीका रूपमा लिन नमिल्ने उल्लेख गरिन् ।

उनले प्रधानमन्त्री कुनै व्यक्तिगत व्यक्ति मात्र नभई राज्यको संस्थागत नेतृत्वको प्रतिनिधि भएकाले सार्वजनिक अभिव्यक्तिमा उच्च स्तरको जिम्मेवारी, सावधानी र कूटनीतिक परिपक्वता अपेक्षित हुने बताइन् । राज्यका उच्च पदाधिकारीबाट आउने भनाइले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्ने भएकाले यस्ता विषयमा विशेष सतर्कता आवश्यक रहेको उनको भनाइ थियो ।

ओलीले केही राजनीतिक वृत्तमा नेताले व्यक्त गरेका भनाइलाई जसरी पनि सही साबित गर्ने प्रवृत्ति देखिएको टिप्पणी गर्दै त्यसका लागि राष्ट्रिय दाबी र स्वाभिमानलाई कमजोर बनाउने प्रयास उचित नहुने धारणा राखिन् । सीमा, सार्वभौमिकता र राष्ट्रिय हितका विषय बहसका विषय हुन सक्ने भए पनि कुनै व्यक्तिको अभिव्यक्तिको प्रतिरक्षाका लागि मुलुककै पक्षलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको तर्क थियो ।

उनले व्यक्ति पूजा र नेता केन्द्रित राजनीतिक संस्कृतिले दीर्घकालीन रूपमा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने चेतावनीसमेत दिइन् । राष्ट्रिय मुद्दामा दलगत वा व्यक्तिगत निष्ठाभन्दा माथि उठेर देशको हितलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन् ।

ताजा खबर

सम्बन्धित खबर