२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एक सांसदले हस्ताक्षर फिर्ता लिएपछि जोगियो सुदूरपश्चिमका मुख्यमन्त्रीको पद

Nada
२०८३ जेठ १९ गते १७:२९
Shares
एक सांसदले हस्ताक्षर फिर्ता लिएपछि जोगियो सुदूरपश्चिमका मुख्यमन्त्रीको पद

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजनीतिक स्थिति तत्कालका लागि सुरक्षित भएको छ ।

ncell

मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउने उद्देश्यसहित दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूमध्ये डम्मरी महराले आफ्नो समर्थन फिर्ता लिएपछि आवश्यक संख्या घटेर तत्कालका लागि प्रक्रिया कमजोर बनेको हो ।

सांसद महराले सरकार परिवर्तन वा दल नेतृत्व परिवर्तनभन्दा पार्टीभित्रको एकता र आगामी बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने कारण देखाउँदै हस्ताक्षर फिर्ता लिएको बताएकी छन् ।

यसअघि मंगलबार नेपाली कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउने मागसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो । हाल एक सांसदले समर्थन फिर्ता लिएसँगै तत्कालीन राजनीतिक समीकरणमा परिवर्तन आएको छ ।

ताजा खबर

सम्बन्धित खबर