
काठमाडौँ : भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति रहेको थियो ।
भाजपाको निमन्त्रणामा हिजो भारत प्रस्थान गरेका लामिछानेलाई आज औपचारिक रूपमा भव्य स्वागत गरिएको जनाइएको छ। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक भेटघाटहरू सुरु गरेका छन् ।