२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसले संसदीय समितिका बैठक बहिष्कार गर्ने

Nada
२०८३ जेठ १९ गते १८:५७
Shares
कांग्रेसले संसदीय समितिका बैठक बहिष्कार गर्ने

काठमाडौँ : नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ ।

ncell

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ ।

सांसदलाई कानुनभन्दा माथि राख्ने गरी प्रतिनिधि सभा नियमावली जबरजस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्तोमा कांग्रेसले संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने रणनीति अपनाएको हो ।

ताजा खबर

सम्बन्धित खबर