
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले आगामी बैठक बोलाएको छ ।
समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आयोजना हुने तय भएको छ ।
पार्टीभित्र अनुशासनसम्बन्धी विषयमा छलफल तथा आवश्यक निर्णयका लागि नियमित प्रक्रियाअनुसार बैठक आह्वान गरिएको जनाइएको छ ।