२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिए : विशाल भट्टराई

Nada
२०८३ जेठ २० गते ११:४३
Shares
‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिए : विशाल भट्टराई

काठमाडौं : नेकपा एमालेका नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । 

ncell

नेकपा एमाले संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गरे ।

उनले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताए । उनले प्रधानमन्त्री वालेन्द्र शाहले हामी अतिक्रमणकारी हौं र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गरे । 

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताए । 

ताजा खबर

सम्बन्धित खबर