२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

अध्यादेशविरुद्धको रिट दर्ता विवादमा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

Nada
२०८३ जेठ २० गते ११:५०
Shares
अध्यादेशविरुद्धको रिट दर्ता विवादमा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौँ : सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको विवादमाथि आज सुनुवाइ हुने भएको छ ।

ncell

प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल, डा. नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलास सुनुवाइका लागि आज पेशी तोकिएको छ ।

यसअघि जेठ १३ गते सुनुवाइका लागि सोही इजलासमा पेशी तोकिए पनि पछि हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश दिएको थियो ।

अधिवक्ता गीता थापाले अध्यादेश बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । तर,सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेको थियो। त्यस विरुद्ध थापाले पुनः रिट दायर गरेकी हुन् । अब उक्त रिट दर्ता हुने वा नहुने भन्ने विषयमा संवैधानिक इजलासले निर्णय गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर