२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नेतृत्व हस्तान्तरणको बहसपछि योगेश भट्टराईले गरे सांकेतिक टिप्पणी

Nada
२०८३ जेठ २० गते १८:१८
Shares
नेतृत्व हस्तान्तरणको बहसपछि योगेश भट्टराईले गरे सांकेतिक टिप्पणी

काठमाडौँ : नेकपा एमालेभित्र नेतृत्व र संगठनात्मक एकतासम्बन्धी बहस चलिरहेका बेला उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत सांकेतिक टिप्पणी गरेका छन् ।

ncell

बुधबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा पार्टीलाई एकताबद्ध राख्न आवश्यक रहेको उल्लेख गर्दै नेतृत्व परिवर्तनको मागलाई लक्षित गरेर टिप्पणी गरेका थिए । उनले पार्टी एकताको नाममा नेतृत्वविरुद्ध गतिविधि गर्नु उचित नहुने धारणा व्यक्त गरेका थिए । साथै, समीक्षा र सुधारको विषयलाई संगठनभित्र विधिसम्मत ढंगले अघि बढाउनुपर्ने बताएका थिए ।

अध्यक्ष ओलीको उक्त अभिव्यक्तिपछि उपमहासचिव भट्टराईले एमालेको सातौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सुनाइएको एक पुरानो प्रसंग स्मरण गरेका छन् । उनले बसभित्रको डन्डी समातेर बसेका एक वृद्धले आफूले बस पल्टिनबाट जोगाएको दाबी गरेको कथालाई उद्धृत गर्दै सांकेतिक टिप्पणी गरेका हुन् ।

भट्टराईको उक्त टिप्पणीलाई पार्टीभित्र नेतृत्व हस्तान्तरण, जिम्मेवारी वहन र संगठन सञ्चालनसम्बन्धी जारी बहससँग जोडेर हेरिएको छ । यद्यपि उनले कसैको नाम उल्लेख नगरी प्रसंग प्रस्तुत गरेका छन् ।

एमालेभित्र पछिल्ला दिनहरूमा नेतृत्वको भूमिका, संगठनात्मक एकता तथा आगामी राजनीतिक दिशाबारे विभिन्न तहमा छलफल चलिरहेका छन् । अध्यक्ष ओलीले भने पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै आफूले तत्काल नेतृत्व नछाड्ने स्पष्ट पारिसकेका छन् ।

ताजा खबर

सम्बन्धित खबर