२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अहिले उठेका सबै विषयमा भारतसँग संवाद हुन्छ : परराष्ट्र मन्त्री खनाल

Nada
२०८३ जेठ २२ गते १३:४०
Shares
अहिले उठेका सबै विषयमा भारतसँग संवाद हुन्छ : परराष्ट्र मन्त्री खनाल

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धसँग जोडिएका वर्तमान सरोकारका सबै विषयमा विस्तृत संवाद हुने बताएका छन् ।

ncell

भारतको औपचारिक भ्रमणका क्रममा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले नेपालको प्राथमिकताका विषयलाई केन्द्रमा राखेर वार्ता अघि बढाइने स्पष्ट पारे । उनका अनुसार हाल सार्वजनिक बहसमा रहेका तथा दुवै पक्षबीच उठिरहेका सबै महत्वपूर्ण मुद्दामा छलफल केन्द्रित हुनेछ ।

मन्त्री खनालले भने, “हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौँ । अहिले उठेका सबै विषयमा हामी संवाद गर्छौँ ।”

भारतीय विदेश मन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म भारतको औपचारिक भ्रमणमा निस्किएका हुन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उक्त भेटवार्तामा नेपाल-भारतबीचको व्यापार, लगानी, ऊर्जा सहकार्य, कनेक्टिभिटी विस्तार तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय आदान प्रदान अन्तर्गत भइरहेको यस भ्रमणले दुई देशबीचको कूटनीतिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ । भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल २४ जेठमा स्वदेश फर्किने छन् ।
 

ताजा खबर

सम्बन्धित खबर