२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सीमाका विषयमा कूटनीतिक पहल आवश्यक छ, ढोल बजाएर हुँदैन : रवि लामिछाने

Nada
२०८३ जेठ २२ गते १८:५७
Shares
सीमाका विषयमा कूटनीतिक पहल आवश्यक छ, ढोल बजाएर हुँदैन : रवि लामिछाने

सीमा समस्याको समाधान ढोल बजाएर हुँदैनकाठमाडौँ :ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्तरदेशीय सम्बन्ध र सीमासम्बन्धी विषयहरू सार्वजनिक बहसभन्दा बढी कूटनीतिक संयन्त्रमार्फत प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

ncell

पाँचदिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्ता विषयमा संयमित र योजनाबद्ध पहल आवश्यक हुने धारणा राखे ।

सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले नेपालका राष्ट्रिय हितसँग जोडिएका मुद्दाहरू सम्बन्धित कूटनीतिक माध्यम सक्रिय बनाएर समाधानतर्फ लैजानुपर्ने बताए । उनका अनुसार यस्ता संवेदनशील विषयमा अनावश्यक प्रचारबाजीभन्दा परिणाममुखी पहल बढी महत्वपूर्ण हुन्छ।

लामिछानेले कूटनीतिक मामिलामा सार्वजनिक अभिव्यक्तिको प्रभाव र त्यससँग जोडिएको जिम्मेवारीलाई समेत ध्यान दिनुपर्ने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूलाई राजनीतिक लोकप्रियतासँग मात्र जोडेर हेर्न नहुने भन्दै दीर्घकालीन समाधानका लागि स्थापित प्रक्रिया र संवाद संयन्त्रको उपयोग आवश्यक रहेको बताए ।

उनले देशको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरूले उठाउने विषयवस्तुमा संवेदनशीलता र जिम्मेवारीबोध अपरिहार्य हुने उल्लेख गर्दै कूटनीतिक पहलको प्रभावकारिता त्यसको प्रस्तुति र समय व्यवस्थापनसँग पनि जोडिने धारणा व्यक्त गरे ।

सभापति लामिछानेले राष्ट्रिय सरोकारका विषयमा नेपालले विगतदेखि नै कूटनीतिक माध्यमबाट आफ्ना धारणा राख्दै आएको र आगामी दिनमा पनि आवश्यक विषयहरू उपयुक्त तह र मञ्चमार्फत उठाइने बताए । उनका अनुसार जटिल अन्तरदेशीय मुद्दाको समाधान तत्कालीन प्रतिक्रिया होइन, चरणबद्ध संवाद र प्रक्रियामार्फत खोजिनुपर्छ।

लामिछानेसामु नेपाल–भारत सीमा समस्याबारे पनि सोधिएको थियो । द्वीपक्षीय भेटवार्तामा सीमा समस्याबारे किन केही पनि कुरा गर्नुभएन भन्ने पत्रकारको प्रश्नमा उनले लामो जवाफ दिए ।

उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ ।

अभियन्ताले र पत्रकारले उठाउने विषय तथा सबैभन्दा बढी जनताले पत्याएको राजनीतिक दलले उठाउने विषयको फरक–फरक जिम्मेवारी र संवेदनशीलतालाई बुझ्न सकिएन भने कुटनीतिमा त्यसको महत्व हुँदैन । लोकप्रियताका लागि त त्यो सजिलो हुन्छ ।

ताजा खबर

सम्बन्धित खबर