२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ : सुदन किराँती

Nada
२०८३ जेठ २४ गते १४:१०
Shares
नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ : सुदन किराँती

काठमाडौँ : श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले नेतृत्वको भूमिकाबारे धारणा सार्वजनिक गर्दै राज्य सञ्चालनमा व्यक्तिभन्दा समस्या समाधान र संस्थागत प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

ncell

‘सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ शीर्षकसहित सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गरेका किराँतीले राजनीतिक सिद्धान्तका आधारमा प्रभावकारी नेतृत्व संयमित, निष्पक्ष र जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन् ।

उनका अनुसार जनअपेक्षा अनुरूप नेतृत्वले भावनात्मक प्रतिक्रिया भन्दा संस्थागत विधि र प्रक्रियालाई आत्मसात गर्न आवश्यक हुन्छ ।

उनले सार्वजनिक आलोचनाभन्दा स्पष्ट निर्देशन, संस्थागत निर्णय तथा आवश्यक कारबाहीमार्फत सन्देश प्रवाह गर्नु परिपक्व नेतृत्वको विशेषता हुने धारणा व्यक्त गरेका छन् । नेतृत्वको विश्वसनीयता कायम राख्न पनि यस्ता अभ्यास महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

आफ्नो अभिव्यक्तिपछि कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायबाट बोलाइएमा आफू उपस्थित हुन तयार रहेको उल्लेख गर्दै किराँतीले आवश्यक परे प्रहरीको आह्वानमा हाजिर हुने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर