२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

म गृहमन्त्री भएँ भने फोटो खिच्न मन्त्रालय नआउनुहोला : सुधन गुरुङ

Nada
२०८३ जेठ २४ गते १४:४३
Shares
म गृहमन्त्री भएँ भने फोटो खिच्न मन्त्रालय नआउनुहोला : सुधन गुरुङ

काठमाडौँ : पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् । 

ncell

आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताए ।

गुरुङले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । उनले भने, ‘यदि म पुनः गृहमन्त्री बनेँ भन तस्बिर खिच्न र मन्त्रालयमा बधाई दिन नआउनुहोला ।’ 

उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो । 

ताजा खबर

सम्बन्धित खबर