२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सुधनले आफैं गरे ‘क्लिन चिट’को घोषणा

Nada
२०८३ जेठ २५ गते ०६:१५
Shares
सुधनले आफैं गरे ‘क्लिन चिट’को घोषणा

काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङले आफू पुनः गृहमन्त्री भए दुई महिनासम्म काम गर्न दिन आग्रह गरेका छन् । गृहमन्त्री भएको खण्डमा दुई महिनासम्म फोटो खिच्न र भेट्न भने नपाइने अनुरोध उनले आफ्ना मतदातासँग गरेका छन्  ।

ncell

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको महाधिवेशनलाई  आइतबा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । गुरुङले गृहमन्त्रीको रूपमा सार्वजनिक गरेको सम्पत्तिको स्रोतमाथिको प्रश्न उठिरहेको छ । सम्पति आर्जन र सेयर लगानीबारे प्रश्न उठेपछि उनले राजीनामा दिए । 

त्यसपछि २०८३ वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकले गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन ग¥यो । उक्त समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । सुरुमा १५ दिनको म्याद पाएको समितिले फेरि पाँच दिनको म्याच थपेर छानबिन पूरा गरिसकेको छ ।

गुरुङको सम्पतिमाथिको जाँचबुझ सकेर छानबिन समितिले आफ्नो प्रतिवेदन गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको थियो । ४५ पृष्ठको उक्त प्रतिवेदनको विषय सार्वजनिक भएको छैन । तर गुरुङ भने ‘क्लिन चिट’ पाएको रूपमा प्रस्तुत भएका छन् । उनले आफू पुनः गृहमन्त्री हुन सक्ने विषय मतदाता र पार्टीका नेता/कार्यकर्तामाझ राखेका हुन् । 

‘यदि छानबिन समितिबाट सफाइ पाइहालेको खण्डमा मलाई इच्छाइयो, काबिल देखियो र गृहमन्त्रीमा गइहालेँ भने मलाई दुई महिनाजति समय दिनुहोला,’ गुरुङले भनेका छन्, ‘त्यतिखेर फोटो खिच्ने, माला÷खादा लगाउने, बधाई दिन मन्त्रालय धाउने काम नगरौं । दुई महिना समय पाएँ भने सबै कुरा ‘स्ट्याब्लिस’ गरिदिन्छु ।’

दुई महिनासम्म पनि काम देखाउन नसके प्रश्न उठाउन उनले सार्वजनिक आह्वान गरेका छन् । सम्पति आर्जन र सेयर लगानीबारे प्रश्न उठेपछि सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिए प्रधानमन्त्री बालेनले अर्को गृहमन्त्री ल्याएका छैनन् । यही बेला आफू पुनः गृहमन्त्री हुन सक्ने संकेत उनी आफैंले गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर