२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पार्टी संरचना बलियो बनाउँदै रास्वपा

Nada
दिवाकर अधिकारी
२०८३ जेठ २६ गते ०६:२०
Shares
पार्टी संरचना बलियो बनाउँदै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनमा छ । पार्टीका प्रवक्ता मनीष झाका अनुसार एकाधबाहेकका जिल्लामा महाधिवेशन सकिएको छ । मंगलबारबाट प्रदेश महाधिवेशन सुरु हुँदै छ । 

ncell

केन्द्रीय महाधिवेशन आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा हुँदै छ । उक्त महाधिवेशन तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समितिअन्तर्गत उपसमितिहरू समेत बनाएर रास्वपाले काम गरिरहेको छ । 

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार मूल आयोजक समितिमा डा.स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल तथा सबै केन्द्रीय सदस्य र सबै प्रदेश सभापतिहरू सदस्य छन् ।

महामन्त्री बुर्लाकोटीका अनुसार जिल्ला अधिवेशनलगत्तै प्रदेश अधिवेशन हुँदै छ । १९ जेठमा सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि छनोट भएर आउँछन् । स्थानीय तहबाट आउने प्रतिनिधिको अभिलेखीकरण भइरहेको छ । त्यहाँबाट संकलन भएर पनि प्रदेश हुँदै केन्द्रमा आउँछ ।’

स्थापना भएको करिब चार वर्षपछि रास्वपा पहिलोपटक महाधिवेशनमार्फत वैधानिक र संस्थागत पार्टी संरचना निर्माणमा केन्द्रित भएको हो । स्थापना कालदेखि नै तदर्थ समिति र अस्थायी संरचनाको भरमा चुनावी राजनीतिमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपा महाधिवेशनमार्फत वैधानिक र बलियो पार्टी संरचना निर्माणमा केन्द्रित भएको हो ।

रास्वपा २०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा स्थापना भएको थियो । स्थापना भएको केही महिनामै यो पार्टीले २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भयो । पहिलो निर्वाचनमै प्रतिनिधिसभामा २१ सिट जितेर देशको चौथो ठुलो दल बन्न सफल भएको थियो । 

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने अझ उल्लेखनीय नतिजा ल्यायो । दुई सिट कम दुईतिहाइ बहुमत पाएर रास्वपाले एकल बहुमतको सरकारको नेतृत्व गरिरहेको छ । 

यस्तो बेला रास्वपा महाधिवेशनमा जुटेको हो । स्थापनाकालमा रास्वपाले अधिकांश जिल्लामा तदर्थ समिति गठन गरेर संगठन सञ्चालन गरेको थियो । निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गरे पनि पार्टीभित्र नियमित आन्तरिक निर्वाचन, पूर्णकालीन संगठन संरचना र विचारगत दस्तावेज निर्माण हुन सकेका थिएनन् । महाधिवेशनमार्फत यी काम रास्वपाले गर्दै छ । 

प्रतिस्प्रर्धामा पुरानै प्रवृत्ति

रास्वपाले आफूलाई परम्परागत दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै आएको छ । तर महाधिवेशनमा भने पुराना दलहरूमा जस्तै प्रवृत्ति देखापरेको छ । 

आन्तरिक लोकतन्त्रको अध्यास गर्ने क्रममा कतै चुनावी प्रतिस्पर्धा भएका छन् भने कतै झडपसमेत हुन पुगेको छ । अधिकांश ठाउँमा भने सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन भएका छन् । 

सुनसरी जिल्लामा अधिवेशनका क्रममा हात हालाहालको अवस्था सिर्जना भएको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाएपछि नयाँ नेतृत्व चयन भयो ।

प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवादका कारण रास्वपा उदयपुरको  जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित भएको थियो । विवाद समाधान भएपछि फेरि सुरु भएको छ ।

नयाँ कार्यतालिकाअनुसार नेतृत्व चयन प्रक्रिया अगाडि बढ्यो । मधेशका कतिपय जिल्लामा समेत यस्ता घटना भएका छन् । तर अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । 

ताजा खबर

सम्बन्धित खबर