२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा धनुषा सभापति यादव पदबाट निलम्बन निलम्बन

Nada
२०८३ जेठ २६ गते १३:०४
Shares
रास्वपा धनुषा सभापति यादव पदबाट निलम्बन निलम्बन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको छ ।

ncell

पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा केन्द्रीय अनुशासन आयोगले गरेको निर्णयअनुसार यादवलाई निलम्बन गरिएको जनाइएको छ ।

धनुषा जिल्लाको अधिवेशन मंगलबार आयोजना भइरहेका बेला जिल्ला सभापतिमाथि यस्तो कारबाही गरिएको हो। अधिवेशन सञ्चालन भइरहेकै दिन नेतृत्व तहमा अनुशासनात्मक निर्णय सार्वजनिक भएपछि यसले जिल्लास्तरीय संगठनात्मक गतिविधिमा समेत चासो बढाएको छ ।

पार्टीले निलम्बनको निर्णय आन्तरिक विवादसँग सम्बन्धित विषयलाई लिएर गरिएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर