
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले चमत्कार गर्ने बताएका छन् । जनताको विशाल अपेक्षा सहित आगामी निर्वाचनमा रास्वपाले चमत्कारिक मत प्राप्त हुने उनले बताए ।
रास्वपा बागमती प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले रास्वपाप्रति आमनागरिकको अपेक्षा निकै उच्च रहेको र खेती–किसानी गर्नेदेखि ज्याला–मजदुरी गर्ने आम नागरिकले रास्वपालाई ठूलो भरोसा गरेको बताए ।
उनले पार्टीमा योगदान, योग्यता र इमानदारिता नै जिम्मेवारीको मुख्य कसी हुने बताए । योग्यताको आधारमा जिम्मेवारी सम्बोधनका क्रममा महामन्त्री बुर्लाकोटीले पार्टी स्थापनाको छोटो समयमै १८२ सिट ल्याएपछि धेरै व्यक्तिहरू पद र टिकटको आशमा पार्टीमा जोडिन आएको बताए ।
उनका अनुसार हाल रास्वपामा ५ लाखभन्दा बढी सदस्यहरू आबद्ध भइसकेका छन् । पार्टीको परिपक्वता र नेतृत्व रास्वपाले देशको राजनीतिलाई नयाँ दिशा दिन खोजेकाले अरू दलका नेताहरूले समेत रास्वपाबाट परिवर्तन सम्भव रहेको स्वीकार गर्न थालेका छन् ।
महामन्त्री बुर्लाकोटीले रास्वपा एक ढिक्का भएर अगाडि बढ्ने र कसैलाई पाखा नलगाई योगदानको आधारमा अगाडि बढाउन पार्टी प्रतिबद्ध रहेको बताए ।