
काठमाडौँ : नेकपा एमालेको सांसद क्षितिज थेबेले आज आफूहरूले विरोधका निम्ति विरोध नगरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रियताको विषय आज नबोले इतिहासले माफ नगर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निरूपण गर्नुपर्नेछ। उहाँले सदनमार्फत मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्छ।’
उनले आर्थिक विधेयक भएको चलखेलप्रति पनि प्रश्न उठाए।