२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रधानमन्त्रीका समर्थक ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् : निश्कल राई

Nada
२०८३ जेठ २६ गते १३:४३
Shares
प्रधानमन्त्रीका समर्थक ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् : निश्कल राई

काठमाडौँ : नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको टिप्पणी गरेका छन् ।

ncell

‘सम्मानीय प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँको शुभचिन्तकहरुले पनि नभएका प्रमाणहरु सिर्जना गर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौं हामी? कस्तो समाजको परिकल्पना गरिरहेका छौं?’ उनले सोधे ।

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर