२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तीन वर्षभित्र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा

Nada
२०८३ जेठ २६ गते १८:३१
Shares
तीन वर्षभित्र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा

काठमाडौँ : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका नवनियुक्त मन्त्री महावीर पुनले आफ्नो कार्यकाल सीमित अवधिका लागि मात्र रहने बताएका छन्  । 

ncell

शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले करिब तीन वर्षभित्र मन्त्रालयको संस्थागत आधार मजबुत बनाउने र त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् ।

पदभार ग्रहणका क्रममा मन्त्री पुनले कार्यगति तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै निरन्तर र द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार मन्त्रालयको संरचना र आधार तयार पार्न अधिकतम तीन वर्षसम्म सक्रिय रूपमा काम गर्ने लक्ष्य राखिएको छ ।

उनले नयाँ मन्त्रालय भएकाले प्रारम्भिक चरणमै बलियो संस्थागत जग निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसपछि नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य रहेको बताए । मन्त्रालयलाई दीर्घकालीन रूपमा सक्षम बनाउन प्रारम्भिक आधार तयार पारेर मात्र आफू बाहिरिने उनको भनाइ थियो ।

मन्त्री पुनले ढिलाइ गरेर अपेक्षित परिणाम हासिल नहुने उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनका लागि तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारेका छन् ।

ताजा खबर

सम्बन्धित खबर