२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

जान्नेलाई छान्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै देखिएको छ : महासचिव पोखरेल 

Nada
२०८३ जेठ २७ गते १२:१२
Shares
जान्नेलाई छान्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै देखिएको छ : महासचिव पोखरेल 

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्नेको भ्रष्टीकरण’ शीर्षक राख्दै ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै देखिएको टिप्पणी गरेका छन् ।

ncell

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, “देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो ।”

अर्थ विधेयकजस्तो संवेदनशील दस्ताबेजमा गैर कानुनी छेडखानी गर्ने, अवैध धनका स्रोतलाई सिष्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने योग्यता नभई पाखण्ड रहेको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर