२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सदन अवरोध अन्त्य गर्ने विषयमा छलफल जारी

Nada
२०८३ जेठ २७ गते १४:०६
Shares
सदन अवरोध अन्त्य गर्ने विषयमा छलफल जारी

काठमाडौँ : संसद् बैठक निरन्तर अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग संवाद गरेका छन् । अवरोध हटाउने उद्देश्यसहित सिंहदरबारस्थित संसद् भवनमा छलफल गरिएको हो ।

ncell

छलफलमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित विभिन्न विपक्षी दलका प्रतिनिधिहरू सहभागी भएका छन् । हालसम्म जारी छलफलमा संसदीय गतिविधि सुचारु गर्ने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ ।

लामिछानेसँगको औपचारिक वार्ताअघि विपक्षी दलका नेताहरूले आन्तरिक रूपमा छुट्टै छलफल समेत गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

यसैबीच बिहान ११ बजेका लागि तय गरिएको संसद् बैठक हालसम्म सुरु हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर