२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग, निष्पक्ष समिति गठनमा जोड

Nada
२०८३ जेठ २७ गते १५:५३
Shares
अर्थमन्त्रीमाथि छानबिन गर्न ज्ञानेन्द्र शाहीको माग, निष्पक्ष समिति गठनमा जोड

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सम्बन्धित विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेका छन् ।

ncell

उनले यदि कुनै अनियमितता नभएको हो भने छानबिन समिति गठनमा किन ढिलाइ भइरहेको भन्ने प्रश्नसमेत उठाएका छन् ।

शाहीले राज्यका वित्तीय प्रक्रियामा गम्भीर प्रकृतिका अनियमितता वा आर्थिक अपराध भएको दाबी गर्दै त्यसको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनले संसद् तथा संसदीय संयन्त्रमार्फत सत्य तथ्य पत्ता लगाउन आफूहरू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार बजेट निर्माण प्रक्रियासँग सम्बन्धित गोप्य सूचना बाहिरिएको, करका दरहरूमा परिवर्तन गरिएको तथा राज्यलाई ठूलो मात्रामा राजस्व घाटा हुन सक्ने सम्भावना रहेका विषयहरूबारे विस्तृत छानबिन आवश्यक छ ।

शाहीले पारदर्शिता सुनिश्चित गर्न निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । उनले यदि सबै प्रक्रिया कानुनी र पारदर्शी रूपमा सम्पन्न भएको हो भने छानबिनबाट किन डराउनुपर्ने भन्ने प्रश्न उठाएका छन् ।

उनका अनुसार वास्तविकता बाहिर ल्याउनको लागि सबैभन्दा उपयुक्त माध्यम निष्पक्ष संसदीय छानबिन नै हो ।

ताजा खबर

सम्बन्धित खबर