२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

संसदमा प्रश्न गर्ने क्षमता कमजोर हुँदै गएको छ : नेता आङ्देम्बे

Nada
२०८३ जेठ २७ गते १६:२२
Shares
संसदमा प्रश्न गर्ने क्षमता कमजोर हुँदै गएको छ : नेता आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदभित्र प्रश्न उठाउने क्षमता नै कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले वर्तमान संसदीय अभ्यासप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् ।

ncell

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारततर्फ सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा सत्तापक्षका सांसदहरू मौन बसेको प्रसंग उठाउँदै उनले परिस्थितिलाई “दुःखद” रूपमा चित्रण गरे । यस सन्दर्भमा उनले सांस्कृतिक सन्दर्भसमेत जोड्दै गोपाल योञ्जनको गीतलाई स्मरण गरेका थिए ।

आङ्देम्बेले प्रधानमन्त्रीसँग प्रत्यक्ष स्पष्टीकरण लिन खोजिए पनि उहाँ संसदमा उपस्थित नभएको उल्लेख गर्दै अब त्यस विषयलाई पछ्याउन आवश्यक नठान्ने धारणा राखे ।

उनका अनुसार काँग्रेस जिम्मेवार राजनीतिक दल हो र उसले असन्तुलित वा उत्तेजनात्मक राजनीतिक व्यवहारलाई समर्थन गर्दैन । तर वर्तमान अवस्थामा संसदभित्र प्रश्न उठाउने अभ्यास नै कमजोर बन्दै गएको जस्तो अनुभूति भइरहेको उनले बताए ।

उनले सत्तापक्षका केही सांसदहरूले समेत प्रधानमन्त्रीको विवादास्पद भनिएको अभिव्यक्तिलाई परोक्ष रूपमा स्वीकार गरेको देखिनु आपत्तिजनक भएको टिप्पणी गरे ।

ताजा खबर

सम्बन्धित खबर