२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

धवलसँगै बसेर दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी भयो

Nada
२०८३ जेठ ३१ गते १५:१४
Shares
धवलसँगै बसेर दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी भयो

काठमाडौं : धवलशमशेर राणासँग मिलेर नयाँ पार्टी गठनको तयारीमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपालाई राजा र धर्म साट्ने पार्टीको आरोप लगाएका छन् । 

ncell

नयाँ दलको सर्वमान्य नेता बन्न लागेका उनी राप्रपा र सरकारविरुद्ध खनिए । ‘धेरै मान्छे भ्रममा छन् । राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने, गाडी चढ्ने मात्र हो । विकास र जनतासँग के मतलब ?’ उनले कटाक्ष गर्दै भने । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गद्दारी गरेको आरोपसमेत लगाए । 

आफूले राजसंस्था पुनर्स्थापनाबाट लाभ लिन नखोजेको उनको प्रष्टोक्ति छ । ‘बरु जुन दिन राजसंस्था फर्किन्छ, त्यो दिन पहेँलो लुगा लगाए खप्तड गएर बसौंला’, प्रसाईंले भने । 

सरकार राष्ट्रियताको विषयमा चुकेकाले धेरै नटिक्ने दाबी गरेका प्रसाईंले पुराना दलहरु कांग्रेस, एमाले, नेकपा र राप्रपा पनि उठ्न नसक्ने दाबी गरे । प्रधानमन्त्री वालेन्द्र शाहप्रति पनि उनले चर्को टिप्पणी गरे । ‘आमा, छोरी र देश बेच्नेहरू अपराधी हुन्’ उनले भने, ‘जनताले सुस्तामा सीमा रक्षा गर्नुपरेको छ । प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्छन् ।'

ताजा खबर

सम्बन्धित खबर