२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन थापा हो : मोहन बस्नेत

Nada
२०८३ जेठ ३१ गते १५:४४
Shares
कांग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन थापा हो : मोहन बस्नेत

काठमाडौँ : नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन् ।

ncell

विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको बताए । बीपी पुत्रहरू शशांक कोइरालादेखि प्रकाशमान सिंह र विमलेन्द्रनिधि जस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको उनको भनाइ छ ।

‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,’ बस्नेतले भने, ‘यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’

उनले अगाडि भने, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो । त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन् । अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’

ताजा खबर

सम्बन्धित खबर