२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

नेपाली कांग्रेस टुक्रियो, अब एक ढिक्का हुनुपर्छ : शशांक कोइराला

Nada
२०८३ जेठ ३१ गते १७:२०
Shares
नेपाली कांग्रेस टुक्रियो, अब एक ढिक्का हुनुपर्छ : शशांक कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । 

ncell

“०४८ मा गिरिजाप्रसाद कोइरालाले ठुलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,” उनले भने, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ? ।’ 

उनले कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ उनले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।’ 

पार्टीलाई एक बनाउने लक्ष्य हुनुपर्ने र डा. शेखर कोइरालाले त्यसको नेतृत्व गरिरहेका उनले बताए । सोही भेलामा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि सम्बोधन गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर