२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रचार कार्यमा एमाले ‘डिफेन्सिभ’ भएको महासचिव पोखरेलको स्वीकारोक्ति

Nada
२०८३ असार १ गते १५:३८
Shares
प्रचार कार्यमा एमाले ‘डिफेन्सिभ’ भएको महासचिव पोखरेलको स्वीकारोक्ति

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गरेका छन् ।

ncell

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा केही पछि परेको उल्लेख गरे ।

पार्टीका कार्यकर्ताहरू प्रविधिको प्रयोगकर्ता मात्र भएको तर दक्ष हुन नसकेको उनको ठम्याइ छ । उनले सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) र लोकप्रिय डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोगमा देखिएको खाडललाई पुर्नुपर्नेमा जोड दिए । पार्टीको प्रचार संयन्त्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

यसअघि प्रचार विभागको नेतृत्वले गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा नयाँ रणनीतिका साथ अघि बढ्न उनले निर्देशन समेत दिए ।

ताजा खबर

सम्बन्धित खबर