२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

Nada
२०८३ असार २ गते १२:०२
Shares
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट पुनः निर्वाचित भएका छन् ।

ncell

सोमबार सम्पन्न प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा विष्टले प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि नेतृत्व दोहोर्याउन सफल भएका हुन् ।

निर्वाचन परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी धामीले १५४ मत पाएका छन् । 

सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरूको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर