२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

असल नेतृत्व नआए एमाले संकटमा पर्छ : नेता सुब्बा

Nada
२०८३ असार २ गते १४:०७
Shares
असल नेतृत्व नआए एमाले संकटमा पर्छ : नेता सुब्बा

काठमाडौँ : नेकपा एमालेका नेता विजय सुब्बाले पार्टीभित्र देखिएका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सुधारका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।

ncell

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुब्बाले पार्टीको हित चाहने र इमानदार नेताहरूलाई नेतृत्वमा स्थापित गर्न नसके एमाले थप संकटतर्फ जाने चेतावनी दिएका हुन् ।

उनले आफूले पार्टी निर्माणको अभियानमा विगतदेखि नै संगठनभित्र देखिएका कमजोरी र विकृतिबारे नेतृत्वलाई पटक–पटक सचेत गराउँदै आएको दाबी गरे। पार्टीका विभिन्न अधिवेशन र छलफलका क्रममा समेत सुधारका विषय उठाउँदा आफूलाई पार्टीविरोधी अभिव्यक्ति दिएको आरोप लाग्ने गरेको उनको भनाइ छ ।

सुब्बाले पार्टीभित्र रहेका समस्या समाधानतर्फ पर्याप्त ध्यान नदिई व्यक्तिगत स्वार्थ र नेतृत्व खुसी पार्ने प्रवृत्तिले स्थान पाएको टिप्पणी गरेका छन् । यस्ता गतिविधिले समस्या थपिँदै गएर वर्तमान अवस्था सिर्जना भएको उनको विश्लेषण छ ।

उनले पार्टीलाई प्रभावकारी बनाउन निष्पक्ष, सक्षम र निष्ठावान् नेताहरूलाई जिम्मेवारी दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्तो सुधार हुन नसके पार्टीको भविष्यबारे गम्भीर प्रश्न उठ्ने उनको चेतावनी छ ।

ताजा खबर

सम्बन्धित खबर