२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार २ गते २०:४२
Shares
टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रौतहट : रौतहटको गरुडा नगरपालिकामा मंगलबार दिउँसो टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

ncell

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार अपराह्न करिब ४ः४५ बजे वडा नम्बर ४ स्थित गरुडाबाट चिनी मिलतर्फ जाने भित्री सडक खण्डमा ना २८ प ७२५९ नम्बरको मोटरसाइकल र म.प्र. ०३–००१ क २५१६ नम्बरको टिपर ठोक्किएका हुन् । 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार कटहरिया नगरपालिका–६ फतेपुरका २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल लगिए पनि चिकित्सकले साँझ ५ बजे मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलका चालक २२ वर्षीय शेख आशिक र ३ वर्षीय बालक मो. कमरान घाइते भएका छन् । चालक आशिकको दाहिने कुम र हातमा चोट लागेको छ भने बालक कमरानको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचार जारी छ । दुर्घटनापछि प्रहरीले टिपर, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर