२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल

Nada
२०८३ असार ३ गते १२:१५
Shares
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग संगठनात्मक विषयमा छलफल गरेका छन् ।

ncell

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा मधेश प्रदेशमा पार्टीको आन्तरिक गतिविधि र प्रदेश अधिवेशन सञ्चालनसम्बन्धी विषयमा विचारविमर्श भएको लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

पार्टी संगठन विस्तार तथा प्रदेश संरचनासँग सम्बन्धित विषयमा सांसदहरूसँग सुझाव लिने उद्देश्यले छलफल गरिएको बताइएको छ ।

रास्वपाले हालसम्म मधेश प्रदेशका कुनै पनि जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छैन । आन्तरिक असहमतिका कारण प्रदेशस्तरीय अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको पार्टी स्रोतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर