२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी

Nada
२०८३ असार ३ गते १३:३९
Shares
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि तयार गरिने राजनीतिक प्रतिवेदन लेखनसम्बन्धी उपसमितिको नेतृत्व गणेश कार्कीलाई दिएको छ ।

ncell

कार्की संयोजक रहेको उक्त उपसमितिले पार्टीको राजनीतिक दस्तावेज तयार गर्ने तथा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनलगायत सामग्रीलाई समन्वय गर्ने जिम्मेवारी पाएको जनाइएको छ ।

रास्वपाले महाधिवेशन तयारीका लागि सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ । त्यसअन्तर्गत विभिन्न क्षेत्र समेटिने गरी अलग-अलग जिम्मेवारीसहित उपसमितिहरू निर्माण गरिएको पार्टीले जनाएको छ ।

चितवनमा असार ७ देखि ९ गतेसम्म आयोजना हुने पहिलो महाधिवेशनलाई व्यवस्थित बनाउन पार्टीले १८ वटा उपसमिति गठन गरेको छ ।

महाधिवेशन व्यवस्थापनअन्तर्गत कार्यक्रम सञ्चालन, गुनासो सुनुवाइ, प्रतिवेदन तथा प्रस्ताव निर्माण, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, सञ्चार तथा प्रचार, सुरक्षा, सूचना प्रविधि, आवास–भोजन, अतिथि व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात, स्थानीय समन्वय, अभिलेख व्यवस्थापन र अनुशासनसम्बन्धी जिम्मेवारीका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर