२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति

Nada
२०८३ असार ४ गते १२:०१
Shares
प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले मर्यादा उल्लंघन गरेको भन्दै एमालेद्वारा नियमापत्ति

काठमाडौं : नेकपा एमालेका मुख्य सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका छन् ।

ncell

बिहीबारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

मुख्य सचेतक महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ६ मा रहेको व्यवस्था बमोजिम नियमापत्ति गरेका थिए । उक्त नियममा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

बैठकमा सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुईजना मन्त्रीहरू सभामुख र मल्लको बीचबाट हिँडेपछि महरले समय माग गरी आपत्ति प्रकट गरे । 

उनले भने, ‘सदनको गरिमा र मर्यादा कायम राख्नु सबै सदस्यको जिम्मेवारी हो, त्यसमा पनि सरकारको दायित्व अझ बढी हुन्छ । तर विडम्बना, मन्त्रीज्यूहरूबाटै पटक–पटक नियमको उल्लंघन भइरहेको छ ।’

उनले मन्त्रीहरूले जानाजानी मर्यादा उल्लंघन गरेको भन्दै उक्त कार्यप्रति घोर आपत्ति र निन्दा व्यक्त गरे । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन र संसदीय मर्यादा अक्षुण्ण राख्नका लागि सभामुखबाट स्पष्ट रुलिङ हुनुपर्ने माग समेत गरे ।

ताजा खबर

सम्बन्धित खबर