२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रधानमन्त्रीले देश र तीन करोड नेपालीलाई हेपेको सांसद पोखरेलको आरोप 

Nada
२०८३ असार ४ गते १२:३८
Shares
प्रधानमन्त्रीले देश र तीन करोड नेपालीलाई हेपेको सांसद पोखरेलको आरोप 

काठमाडौँ : नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले देश र तीन करोड नेपालीलाई हेपेको आरोप लगाएका छन् ।

ncell

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्‌मा स्पष्टीकरण दिनुपर्ने बताए ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा तीन सय ७२ किलोमिटर नेपाली भूमि १८१६ को सुगौली सन्धीपछि जारी भएका नक्साहरू जताबाट हेरे पनि सो भूमि नेपालको भएको पोखरेलले बताए ।

सांसद पोखरेलले सुगौली सन्धीपछिको नक्साको आधारमा प्रधानमन्त्री शाहले संसदमा जे कुरा बोल्नु भयो आज १९ दिन बितिसक्दा पनि त्यसको विषयमा संसदमा आएर मैले गल्ती गरे नभनेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले देशलाई हेप्नु भयो, तीन करोड नेपाली जनतालाई हेप्नु भयो । राष्ट्रघात हुने बोल्नु भयो, प्रधानमन्त्रीबाट राष्ट्रघात भयो ।’

ताजा खबर

सम्बन्धित खबर