२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेस सांसद बुढाको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरू को हुन् ?

Nada
२०८३ असार ५ गते ११:५९
Shares
कांग्रेस सांसद बुढाको प्रश्न- प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार थर्काउने र हुकुम चलाउनेहरू को हुन् ?

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भन्दै प्रश्न गरेका छन् ।

ncell

प्रधानमन्त्री कार्यालयमा बोलाएर कानुन र संविधानले नचिनेका गिरोहरूले मुलुकमा हुकुम चलाउने काम गरेको भन्दै सरकारसँग उनीहरू को हुन् ? भन्दै प्रश्न गरेका हुन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै सांसद बुढाले संविधान र कानुनले नचिनेकाहरूले प्रधानमन्त्री कार्यालयमा बसेर कालो चश्मा लगाएर मुलुकमाथि शासन चलाउन खोज्नेहरू नयाँ गरोहको रुपमा रहेको उनको आरोप थियो ।

सांसद बुढाले सबै मन्त्रालयहरूमा मन्त्री देखाउने अनुहारहरू मात्रै भएको तर त्यहाँ चलाउने अर्कै अदृष्य शक्तिहरू रहेको जिकिर पनि गरे ।

सांसद बुढाले मन्त्रालयमा देखिएका ती अदृष्य शक्ति र व्यक्तिहरू मुलुक र लोकतन्त्रका लागि शुभसंकेत नभएको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर