
काठमाडौँ : प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।
सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन् । अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन यही असार ७ गतेदेखि चितवनमा हुँदैछ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुई तिहाइ बहुमत छ ।
सो पार्टीका सांसदहरू महाधिवेशनमा सहभागी हुने भएकाले प्रतिनिधि सभा बैठक ६ दिनसम्मका लागि स्थगित गरिएको हो ।