२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो : प्रदीप पौडेल

Nada
२०८३ असार ६ गते १६:२५
Shares
सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो : प्रदीप पौडेल

काठमाडौँ : प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘सय दिनमा सय काम’ कार्यक्रम कार्यान्वयनमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

ncell

शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दल कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफैँले तय गरेका सय कामबारे सरकारले छलफलसमेत नगरेको आरोप लगाए ।

‘सय दिनमा सय काम भन्नुभयो, त्यो सय काम पूरा हुनु त धेरै परको कुरा हो’, महामन्त्री पौडेलले भने, ‘ती सय वटा काम जुन उहाँहरू आफैँले तोक्नुभएको थियो, त्यसमा छलफलसम्म पनि भएन ।’

सरकारले महत्वाकांक्षी घोषणा गर्नुको सट्टा सीमित तर कार्यान्वयनयोग्य लक्ष्य तय गरेर पूरा गरेको भए राम्रो हुने उनको भनाइ थियो ।

‘सरकारले सय दिनमा सय काम भन्यो । उहाँहरूले सय दिनमा १० काम भनेर पूरा गरेको भए हुन्थ्यो ।’ उनले काँग्रेसले सरकारका गतिविधि नजिकबाट नियालिरहेको पनि बताए ।

ताजा खबर

सम्बन्धित खबर