तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : मुटुमा बास दिँदा पनि निराश पारेपछि टाढा हुन खोजेको मायालाई किन टाढा हुन्छौ र निरमाया भन्दै नयाँ काठे दोहोरी बजारमा लिएर आएकी छिन् लोक दोहोरी गायिका मिरा गिरीले । आफ्नो मायाले सुन छोडेर चाँदी अँगाल्ने तर हिरा नचिन्ने कथालाई गीतले बोलेको छ । म बिना बाच्दिनँ भन्नेले ५ दिनसम्म फोन नउठाउने गरेको गुनासो सहित, माया र धोकालाई ‘बाँसको तामा’ गीतमा समावेश गरिएको छ ।
गायिका गिरी र गायक प्रताप दासको युगल आवाजमा सजिएको गीतले विस्तारै माया पाउँदै गइरहेको छ । किन टाढा हुन्छौ भन्दै प्रेमिल जोडीको गुनासोले भरिएको गीत विक्रम बाबु विश्वकर्माले कोरेका हुन् । विश्वकर्माका शब्दमा सुन्दर संगीत भीमसेन खतिवडाले भरेका हुन् भने गीत संयोजन नारायण दंगालले गरेका हुन् । लोमश शर्मा, रिया खड्का, ओमराज थापा, मिरा गिरीको सुन्दर अभिनय सहित नृत्य रहेको भिडियोको कोरियोग्राफि तथा निर्देशन प्रविन थापाले गरेका हुन् भने प्रविण भट्टको सम्पादन रहेको छ ।
नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । भिडियो लाई मिरा गिरी युट्युबबाट सार्वजनिक गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गीतहरू आउने क्रम बढेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies