२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा केन्द्रीय सदस्यमा ओखलढुंगाबाट शोभा र विश्वराजको उम्मेदवारी घोषणा

Nada
२०८३ असार ७ गते १३:५३
Shares
रास्वपा केन्द्रीय सदस्यमा ओखलढुंगाबाट शोभा र विश्वराजको उम्मेदवारी घोषणा

चितवन : राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यका लागी ओखलढुंगाबाट शोभा कार्की र विश्वराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा उनीहरूले उम्मेदवारी घोषणा गरेर मतदातासँग मत माग्न थालेका हुन् । 

ncell

पर्टी स्थापनासँगै जिल्लाको नेतृत्व गरेकी शोभ कार्की २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार थिइन् । ओखलढुंगाको संस्थापक नेता कार्कीले पार्टीमा निकै योगदान गरेकी छन् । जिल्लाको संस्थापक संयोजक कृष्ण थापा र शोभाले पार्टीसंगठनको विउ रोपेका थिए । अहिले धेरै नेताहरू अट्ने रास्वपा बनाउन उनिहरूकै महत्वपूर्ण भूमिका रहेको छ । सोही योगदानबाट रास्वपाले गत निर्वाचनमा जित हासिल गरेको हो ।

यो महाधिवेशनमा केन्द्रीय सदस्यमा ओखलढुंगाका सांसद विश्वराज पोखरेले पनि दाबी गरेका हुन् । उनी गत मंसिरमा रास्वपा प्रवेश गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पोखरेलले कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई पाँच मतले पराजित गर्दै सांसद बनेका हुन् । शोभा कार्की र कृष्ण थापालगायत नेताहरूले बनाएको संगठनमा पूर्व प्रहरी अधिकृत (एआईजी) विश्वराजले टिकट पाएर निर्वाचित भएका हुन् ।  

कार्की र पोखरेलसँगै अर्का नेता राजन दाहालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । दाहाल तीन वर्षअघि नै नेपाली कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका नेता हुन् । रास्वपाको चौथो वर्षगाँठको अवसरमा असार ७–९ मा चितवनमा पहिलो महाधिवेशन हुँदैछ ।  रास्वपा ओखलढुंगाका अध्यक्ष कृष्ण थापाले शोभा कार्की र विश्वराज पोखरले केन्द्रीय सदस्य बन्ने सम्भावना बलियो रहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर