२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

म महाधिवेशनको निम्तो सूचीमा परिनँ : डा. ढकाल

Nada
२०८३ असार ७ गते १५:१२
Shares
म महाधिवेशनको निम्तो सूचीमा परिनँ : डा. ढकाल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको प्रथम महाधिवेशनमा आफूलाई निम्तो नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

ncell

सामाजिक सञ्जालमा स्टटास लेख्दै उनले आफ्नो असन्तुष्टि पोखेका हुन् । आजबाट चितवनमा सुरु भएको महाधिवेशनका सन्दर्भमा ढकालले पार्टी स्थापनाका कठिन दिनहरूको स्मरण गरेका छन् । ५०० वटा नागरिकता जुटाउन समेत संघर्ष गर्नुपरेको समयदेखि आज पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुग्दासम्मको यात्रालाई उनले ‘मानसपटलमा जीवन्त रहने इतिहास’ भनेका छन् ।

पार्टी स्थापना गर्ने व्यक्ति नै ऐतिहासिक महाधिवेशनको निम्तो सूचीमा नपर्नु विडम्बनापूर्ण रहेको उनको टिप्पणी छ ।

उनले लेखेका छन्, ‘विडम्बना, पार्टीलाई ‘फ’  लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ ।’

पार्टीविरोधि गतिविधिको आरोपमा रास्वपाबाट निकालिएका ढकालले आफ्नो भौतिक उपस्थिति नभए पनि आफ्ना विचार र सिद्धान्तले स्थान ओगट्ने कुरा महत्त्वपूर्ण हुने बताएका छन् । आफू चितवनमा नभए पनि महाधिवेशनले लिने सही कार्यदिशामा आफ्नो समर्थन रहने उनको भनाइ छ ।

महाधिवेशनमा सहभागी ४ हजार प्रतिनिधिहरूलाई सम्बोधन गर्दै डा. ढकालले पार्टीलाई व्यक्ति र पदको वरिपरि मात्र नघुमाउन आग्रह गरेका छन् । उनले ‘राज व्यक्ति’ (व्यक्ति पूजा वा पदको राजनीति) भन्दा माथि उठेर ‘राजनीति’ (नीति र सिद्धान्तको बहस) गर्न अपिल गरेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर