
काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गत निर्वाचनमा राजनीतिक दृष्टिकोण र संगठनले काम नगरेको बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिँदै उनले राजा चाहिन्छ भन्ने जनमत पनि रास्वपाले पाएको बताएका छन् ।
‘राजा चाहिन्छ भन्ने पार्टी बालेन । तर, भोट रास्वपालाई गयो’ उनले भने, ‘बालेनले राजा ल्याउँछन् भनेर पनि जनताले भोट दिएका छन् ।’
२०४६ सालयता प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि लुटतन्त्र चलेको आरोप लगाउँदै भिन्न कित्तामा भएपछि रास्वपा र राप्रपाले त्यसबिरुद्ध संघर्ष गरेको बताए ।