२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा र नेकपाबीच कयौं समानता छन् : वर्षमान पुन

Nada
२०८३ असार ७ गते १७:०२
Shares
रास्वपा र नेकपाबीच कयौं समानता छन् : वर्षमान पुन

काठमाडौँ : नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र रास्वपाबीच कयौं समानता रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेको बताए ।

ncell

‘तपाईंहरू र हाम्रा कयौं विषयमा समानता छन् । हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं,’ पुनले भने । पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डा दुवै दल नजिक रहेको उनको भनाइ थियो ।

‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति परिवर्तन र समाज रुपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौं,’ उनले भने, ‘हामीबीच सुशासनको एजेन्डामा पनि समानता छ । सुशासनको एजेन्डामा नेकपा र रास्वपाको जति निकट सहकार्य अरुको भएको छैन ।’

सम्बोधनका क्रममा नेता पुनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठुलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै आफ्नो गृह जिल्लामा आएका सबैलाई अध्यक्षका तर्फबाट स्वागत र महाधिवेशनको शुभकामना व्यक्त गरे । 

नेता पुनले रास्वपालाई एउटा विशेष आग्रह र सुझाव दिँदै भने, ‘थिति बसाउन चालिएका कदमहरू विधिसम्मत हुनुपर्छ र संविधानभन्दा बाहिर नहोस् भन्नेमा यहाँहरूको पर्याप्त ध्यान पुगोस् । उनले यो महाधिवेशनबाट गणतन्त्रका विषयमा रास्वपाले आफ्नो स्पष्ट धारणा ल्याउनुपर्नेमा जोड दिए । 

ताजा खबर

सम्बन्धित खबर