२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपाले आफ्नो गतिसँगै सन्तुलनको ख्याल गरोस् : प्रदीप ज्ञवाली

Nada
२०८३ असार ७ गते १७:२६
Shares
रास्वपाले आफ्नो गतिसँगै सन्तुलनको ख्याल गरोस् : प्रदीप ज्ञवाली

काठमाडौँ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् ।

ncell

रास्वपाको आजबाट चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए । 

ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गरे । उनले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए । 

‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस् ।’

ज्ञवालीले रास्वपालाई शुभकामना दिंदै भने- तपाईंहरूको महाधिवेशन बेञ्चमार्कको रूपमा रुपमा सफल हुनसकोस् । महाधिवेशनले नेतृत्वको रुपमा कुनै द्विविधा छैन । रवि लामिछाने र वालेन्द्र शाह सर्वसम्मत भइसक्नुभएको छ । अरुलाई शुभेच्छा छ ।

 

ताजा खबर

सम्बन्धित खबर