२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन : गगन थापा 

Nada
२०८३ असार ७ गते १७:४९
Shares
कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन : गगन थापा 

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

ncell

‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’

तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए ।

‘तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारीतापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’

रास्वपाबाट कांग्रेसले सिक्ने धेरै कुराहरू रहेको स्वीकार गर्दै थापाले इतिहासलाई भने पूर्णतः नकार्न नमिल्ने बताए । ‘३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको सङ्घर्षलाई नबिर्सनुहोला,’ उनले भने । थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुस्मन भएको उल्लेख गर्दै सबै मिलेर यसको विरुद्ध लड्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर