२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रास्वपा महाधिवेशनमा किन भयो लफडा ?

Nada
२०८३ असार ८ गते १२:२०
Shares
रास्वपा महाधिवेशनमा किन भयो लफडा ?

चितवन : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा लफडा भएको छ । भूगोलबाट पठाएका महाधिवेशन प्रतिनिधिहरूको नाम कटाएर नेता र सांसदहरूले बाटोबाटै आफू निकटका व्यक्तिको नाम राखेर पठाएपछि लफडा भएको हो ।

ncell

नेताहरू आफ्ना नजिकका व्यक्तिहरूलाई महाधिवेशन प्रतिनिधि बनाएर प्रक्रियागत आएका प्रतिनिधिको नाम काटिएको पाइएपछि समस्या उत्पन्न भएको हो । बन्दसत्रमा प्रवेशका लागि खपिनसक्नु गर्मीमा लाइन बसेका प्रतिनिधिहरू हलमा पस्न नपाउँदा धकेलाधकेल भएको थियो । 

प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको नेताहरूले बताएका छन् । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएपनि अझै सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले निवेदन लिएर त्रुटि सच्याउने काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।

शीर्ष नेताहरूले सार्वजनिक रूपमा गुटगत प्रतिस्पर्धा नगर्ने भनेपनि आन्तरिकरूपमा आफ्नो समूह बलियो बनाउन दोस्रो र तेस्रो तहका नेताहरू नै लागिपरेको बुझिएको छ । 

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदन पेस गर्ने कार्यक्रम भएपनि प्रतिनिधि टुंगो नलाग्दा सहभागी प्रतिनिधिहरू आक्रोशित बनेका छन् । 

ताजा खबर

सम्बन्धित खबर